२१ सय किलाे गाँजासहित सुनसरीबाट तीन जना पक्राउ

डेटूडे खबर डेस्क
०३ आषाढ़ २०८२
सुनसरी।
सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरामा रहेको धरान–तरहरा सडकबाट प्रहरीले २ हजार १ सय किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
आज बिहान धरानबाट इटहरी जाँदै गरेको ना ५ ख ६११६ नम्बरको ट्रक रोकेर जाँच गर्ने क्रममा ४८ बोरा बन्दाकोभी र १२ बोरा आलुको बीचमा लुकाइएको अवस्थामा ७० बोरा गाँजा फेला परेको सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सुमनकुमार तिमल्सिनाले जानकारी दिए ।
पक्राउ पर्नेहरूमा ट्रकका चालक धनकुटाकाे शहीदभूमि गाउँपालिका–६ का ३२ वर्षीय राजेन्द्र राई, ट्रकमा रहेका ३३ वर्षीय सुनिल राई र सुनसरीको बराहक्षेत्र नगरपालिका–९ का ३४ वर्षीय सुमन राई रहेका छन् ।
यसअघि हिजो पनि सशस्त्र प्रहरीले धरान उपमहानगरपालिका–१३ शिवधाराबाट २ हजार १ सय ३० किलो गाँजा बरामद गरेको थियो ।