सप्तरीका एसपी खतिवडा तानिए

  डेटूडे खबर डेस्क
  १० आषाढ़ २०८२

                            

सप्तरी । जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी ढकेन्द्र खतिवडा तानिएका छन् । उनलाई प्रदेश प्रहरी कार्यालय बागमतीमा काज सरुवा गरिएको छ ।

सप्तरीको इन्चार्जमा प्रहरी प्रधान कार्यालयमा कार्यरत गौतम केसीलाई पठाइएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए । गाँजा मुद्दाका फरार आरोपीलाई पक्राउ नगर्ने सर्तमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत वरिष्ठ सई विश्वनाथ त्रिपाठीले रकम लिएको आरोप छ ।  फरार आरोपी जोगानन्द मण्डल ‘बुधन’ लाई पक्राउ नगर्ने सर्तमा उनका भाइ अखिलेश मण्डलसँग त्रिपाठीले ४ लाख रुपैयाँ लिएको घटनाबारे मधेस प्रदेश प्रहरी कार्यालयले छानबिन गरिरहेको छ ।

सञ्चारमाध्यम मार्फत बाहिरिएको भिडियोमा वरिष्ठ सई विश्वनाथ त्रिपाठीले युनिफर्ममै रकम लिएको देखिन्छ । त्रिपाठीलाई खतिवडाले परिचालन गरेको आरोपमा छानबिन भइरहेको छ ।

सप्तरी पठाइएका एसपी केसी गत असोजमा धादिङबाट तानिएका अधिकृत हुन् । छानबिन समितिले झ्याप्ले खोलामा गाडी पुरिएको घटनामा उनको कमजोरी देखिएको र प्रमुख जिल्ला अधिकारीसँग समन्वय नगरेको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट