एसइई नतिजा असार तेस्रो हप्ताभित्र प्रकाशन हुने

डेटूडे खबर डेस्क
१० आषाढ़ २०८२
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा(एसइई)को नतिजा यही असार तेस्रो हप्ताभित्र प्रकाशन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले प्राविधिक समस्या नदेखिएमा असार तेस्रो हप्ताभित्र प्रकाशन हुने गरि काम भइरहेको जनाएको हो।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उप-नियन्त्रक तारानाथ निरौलाका अनुसार अहिले अंक इन्ट्री गर्ने काम लगायत आन्तरिक काम भइरहेको छ।
उनले भने,‘एसइई नतिजा प्रकाशनको काम तीब्र रुपमा भइरहेको छ,यही असार तेस्रो साता(२१-२२) गतेभित्रै) प्रकाशन गर्ने गरि काम गरिरहेका छौँ,प्राविधिक समस्या नआएमा त्यही समयभित्र नतिजा प्रकाशन हुन्छ।’
२०८१ सालको एसइई परीक्षा गत चैत ७ गतेबाट सुरू भएर १४ गते सकिएको थियो। प्राविधिक धारतर्फको भने चैत १९ गते सकिएको थियो। तर उत्तरपुस्तिका परीक्षण गर्ने बेला चैत २० गतेदेखि नै ‘शिक्षा विधेयक’ जारी गर्नुपर्ने माग राख्दै देशभरका शिक्षक/कर्मचारीहरू काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी भए।