आजै एसइई नतिजा प्रकाशन गर्ने तयारी, राष्ट्रिय परीक्षा बोर्ड

डेटूडे खबर डेस्क
१३ आषाढ़ २०८२
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार अबको केहीबेरमा बोर्ड बैठक बस्दै छ।
‘एसइई नतिजाको अन्तिम तयारी पूरा भएको छ, अबको केही बेरमा बोर्ड बैठक बस्दैछ,एसइईको नतिजाबारे बैठकले निर्णय गरेपछि मात्रै थाहा हुने उनले बताए ।
आजै एसइई परीक्षाको नतिजा प्रकाशन गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डको रहेकाे छ।२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।