महोत्तरीमा टिपरको ठक्करबाट १ जनाको मृत्यु

  डेटूडे खबर डेस्क
  १६ आषाढ़ २०८२

                            

जनकपुर । महोत्तरीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको । मृत्यु हुनेमा लोहारपट्टी नगरपालिका–१ बगराका १७ वर्षीय नीतिश भगत रहेको छ ।

त्यस्तै मोटरसाइकलकाे पछाडि सवार जनकपुरधाम उपमहानगरपालिका ४ विश्वकर्माचोकका ३२ वर्षीय रुपेश भगत गम्भीर घाइते भएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी शैलेन्द्र भट्टले जानकारी दिए । 

आइतबार साँझ  ७: ३० बजे तिरको समयमा बर्दिबास जलेश्वर सडक खण्डमा बर्दिबासबाट जलेश्वरतर्फ जादैगरेका प्रदेश २–०३–००१ क १३९१ नम्बरको टिपरले सोही दिसामा गइरहेको ज ११ प ६३७३ नम्बरको मोटरसाइकललाई टिम्कीया भन्ने ठाउँमा ठक्कर दिएको भट्टले बताए ।

ठक्करबाट गम्भीर घाइते मोटरसाइकल चालक नीतिशको उपचारको क्रममा बर्दिबास अस्पतालमा मृत्यु भएको छ भने पछाडि सबार गम्भीर घाइते रुपेशको जनकपुरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

घटना लगतै टिपर चालक सिन्धुलीको कमलामाई नगरपालिका ४६ वर्षीय सन्तलाल माझीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट