मनसुनको पहिलो महिनामै विपद्का कारण ३१ जनाको मृत्यु, २६ करोड बराबरको क्षति

डेटूडे खबर डेस्क
१७ आषाढ़ २०८२
काठमाडौँ। नेपालमा मनसुन सुरु भएको पहिलो महिना (जेठ १५ देखि असार १६ गतेसम्म) विपद्का कारण ३१ जनाको मृत्यु भएकाे छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो अवधिमा देशभर भएका ६७४ वटा मनसुनजन्य घटनामा परी ३१ जनाले ज्यान गुमाएका छन् भने ११२ जना घाइते भएका छन्।
प्राधिकरणको तथ्याङ्कअनुसार एक महिनाको अवधिमा विपद्का कारण मुलुकले २६ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति व्यहोरेको छ। यस अवधिमा पहिरो, बाढी, र चट्याङ मुख्य विपद्का कारण बनेका छन्।