रञ्जिताले भनिन्– प्रधानमन्त्री फर्केपछि राजीनामा बुझाउँछाैँ

  डेटूडे खबर डेस्क
  २२ आषाढ़ २०८२

                            

काठमाडाैँ ।

सरकारबाट बाहिरिने निर्णय गरेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) भोलिदेखि प्रतिपक्षमा बस्ने भएको छ । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले प्रधानमन्त्री हुम्लाबाट फर्केलगत्तै आफ्नो पार्टीबाट संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन राज्यमन्त्री बनेका अरुण चाैधरीले राजीनामा बुझाउने बताइन् । 

 उनले भनिन्, 'प्रधानमन्त्री फर्केपछि राजीनामा बुझाउने हो । भोलिबाट प्रतिपक्षमा बस्छाैँ ।' शनिबार बसेको नाउपाको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

सुदूरपश्चिममा नाउपाबाट वनमन्त्री बनेका रामेश्वर चाैधरीलाई मुख्यमन्त्री कमल शाहले बर्खास्त गरेपछि नाउपा असन्तुष्ट बनेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट