धनुषाको हंसपुर नगरपालिकाकी पूर्वउपमेयरसहित नाै जनाविरुद्ध भ्रष्टाचार मुद्दा

डेटूडे खबर डेस्क
२३ आषाढ़ २०८२
धनुषा । धनुषाको हंसपुर नगरपालिकाकी पूर्वउपमेयर रेणुदेवी झासहित नाै जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पीपीसी ढलान योजनाको रकम भुक्तानीमा भ्रष्टाचार गरेको आरोपमा पूर्वउपमेयर झासहित नाै जनाविरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आर्थिक वर्ष २०७६/७७ को नगरसभाबाट स्वीकृत कार्यक्रमबाट सुगा निकास टोलदेखि कट्टी चोकसम्म पीपीसी ढलान गर्न एक करोड रुपैयाँ विनियोजन भएको अनुसन्धानमा खुलेको छ । त्यही योजना कार्यान्वयनको चरणमा काम नगरी गलत नापी किताब तयारी गराई आपसी मिलेमतोमा ५२ लाख ७२ हजार एक सय ६८ रुपैयाँ हिनामिना गरेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडलले जानकारी दिए । अख्तियारले उनीहरूविरूद्ध फरक फरक बिगो माग गरेको छ ।