जनकपुर :आफ्नै ससुराको हत्या गरेर आराेपमा ज्वाइँ पक्राउ

डेटूडे खबर डेस्क
२५ आषाढ़ २०८२
जनकपुरमा आफ्नै ससुराको हत्या गरेर फरार भएका ज्वाइँलाई प्रहरीले पक्राउ गरेको छ ।
गत असार १८ गते बिहान जनकपुर उपमहानगरपालिका–१५ कुवारामपुर बस्ने ६५ वर्षीय बासुदेवप्रसाद साह विमलको हत्या उनकै ज्वाइँ जनकपुरधाम–२१ कुर्थाका ४८ वर्षीय बेचन महासेठलाई पक्राउ गरेको ।
मंगलबार धनुषाको जनकनन्दनी गाउँपालिकास्थित रेल्वे स्टेशनबाट महासेठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) नरहरि रेग्मीले जानकारी दिए ।
महासेठलाई छुरासहित बुधवार जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको छ । महासेठले घरसायी विवादमा ससुराको पेटमा चारपट छुरा प्रहार गरेको एसपी रेग्मीले बताए ।
पक्राउ परेका महासेठमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ । मृतक बासुदेव जनकपुर उपमहानगरपालिकाका मेयर मनोज साहका काका हुन् ।