मधेश प्रदेश सरकारको बजेट खर्च ५६ प्रतिशत

डेटूडे खबर डेस्क
२५ आषाढ़ २०८२
जनकपुरधाम । चालु आर्थिक वर्ष २०८१-८२ सकिनै लाग्दा मधेश प्रदेश सरकारले ५६ प्रतिशत बजेट खर्च गरेको छ ।
बुधबार बिहान ८ बजेटसम्म कुल बजेटको ५६ प्रतिशत खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालय मधेश प्रदेशले जनाएको छ ।
चालु आर्थिक वर्षमा प्रदेश सरकारको कुल रहेको ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रहेकोमा बुधबार बिहान ८ बजेसम्म २४ अर्ब ७१ करोड ७ लाख ३४ हजार रुपैयाँ खर्च भएको हाे।
प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार बुधबार राति १२ बजेसम्म भुक्तानी हुने भएकाले खर्च अझै बढ्ने छ । विगतका वर्षको तुलनामा यस वर्ष बजेट खर्च बढ्ने भएको छ ।