छात्रालाई अश्लील म्यासेज पठाएको आरोपमा शिक्षक पक्राउ

डेटूडे खबर डेस्क
२९ आषाढ़ २०८२
रौतहट । रौतहटको गरुडा नगरपालिका–९ स्थित श्रीपुरको एक माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १० की छात्रालाई अश्लील सन्देश पठाएको आरोपमा शिक्षक पक्राउ परेका छन् ।
सोही विद्यालयका शिक्षक रवीन्द्र साहले मोबाइलमार्फत छात्रालाई अश्लील सन्देश पठाएको आरोप लागेको हो । घटनापछि पीडित छात्राका आफन्तहरूले विद्यालयमै पुगेर साहमाथि कुटपिट गरेका थिए ।
घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले साहलाई नियन्त्रणमा लिएको छ । हाल उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।