जनकपुरधाम उपमहानगरपालिकाको तीन अर्ब एक करोडको बजेट सार्वजनिक

डेटूडे खबर डेस्क
३० आषाढ़ २०८२
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले अगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३ अर्ब १ करोड ९ हजार ४ सय ६३ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपमहानगरको १३औँ नगरसभाबाट सोमबार प्रस्तुत गरिएको बजेटमा चालुतर्फ १ अर्ब ६० करोड ११ लाख ३८ हजार ४ सय ६३, पुँजीगततर्फ १ अर्ब ४० करोड ८८ लाख ७१ हजार र सामाजिक सुरक्षा भत्तातर्फ ५० करोड बजेट विनियोजन गरिएको छ ।
आव २०८१/०८२ मा उपमहानगरले चालुतर्फ ८० प्रतिशत, पुँजीगततर्फ ८५ प्रतिशत र ७१ प्रतिशत वित्तीय प्रगति भएको जनाइएको छ । आगामी आर्थिक वर्षको बजेट शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, गरिबी न्यूनीकरण, ग्रामीण विद्युतीकरण, हरित शहरलगायतका योजनालाई केन्द्रमा राखेर बजेट ल्याइएको उपमहानगरका उपप्रमुख किशोरी साहले जानकारी गराए ।
यसअघि ९ असारमै उपमहानगरपालिका मेयर मनोजकुमार साहले नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए ।