मौसम परिवर्तनका कारण विपद्जन्य घटना बढे : गृहमन्त्री लेखक

डेटूडे खबर डेस्क
०१ श्रावण २०८२
काठमाडौँ । गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले पर्यावरणीय असन्तुलन र मौसम परिवर्तनका कारण विपद्जन्य घटना बढ्दै गएको बताएका छन्।
बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा वातावरण तथा जलवायु परिर्वतन सरोकारसम्बन्धी आयोजित ३० दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले विपद्जन्य जोखिमलाई न्यूनीकरण गर्न नसके ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था रहेको बताए। उनले सबैले सचेतनापूर्वक विपद्जन्य जोखिमको न्यूनीकरणमा लाग्न जरुरी रहेको बताए।
विपद् जोखिमलाई न्यूनीकरण गर्ने र विपद् आइलाग्यो भने त्यसका लागि प्रतिकार्य गर्ने काममा सबै मिलेर लाग्नुपर्ने बताए। पूर्वसूचना प्रणालीको विकास गर्न पनि आवश्यकता रहेको बताए।