महोत्तरीकाे बनाैलीमा पोखरीमा डुबेर एक युवकको मृत्यु

  डेटूडे खबर डेस्क
  १५ श्रावण २०८२

                            

महोत्तरी । महोत्तरीमा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ ।

पिपरा गाउँपालिका  वडा नं. ७ बनौलीका ३० वर्षीय मुरारी झाको गाउँ नजिकै दुर्गा मन्दिर छेउको सार्वजनिक पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

स्थानीय सुमन झाका अनुसार बुधबार साँझ उनी पोखरीमा डुबेका थिए । स्थानीयले खबर गरेपछि सशस्त्र प्रहरीको गोताखोरले खोजतलास गरेपछि झाको शव फेला परेको हो ।

घटना बारे थप अनुसन्धान भईरहेकाे जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट