मधेश प्रदेशको समस्या समाधानका लागि बजेटको प्रबन्ध गर्न सरकारलाई संसदीय समितिको निर्देशन

  डेटूडे खबर डेस्क
  १५ श्रावण २०८२

                            

काठमाडौँ : राष्ट्रियसभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिले मधेश प्रदेशसहित देशका विभिन्न भूभागमा खानेपानी समस्या देखिएको भन्दै समास्या समाधानका लागि उचित बजेटको व्यवस्थाको प्रवन्ध गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ।

समितिको बिहीवार सिंहदरबारमा बसेको बैठकले खानेपानी समस्याको समाधान गर्न संकटग्रस्त क्षेत्रका लागि तत्काल आवश्यक बजेट व्यवस्था गरी माग सम्बोधन गर्न अर्थ मन्त्रालय प्रधानमन्त्री कार्यालय अर्थमन्त्रालय, खानेपानी मन्त्रालयलाई निर्देशन गरेको हो। 

समिति सभापति कमलादेवी पन्तले खानेपानीको समस्या अपात्कालिन समस्या रहेकाले साविकको बजेटको सीमाभित्र बसेर काम गर्न अप्ठ्यारो हुनसक्ने भएकाले बजेटको प्रबन्ध गर्न निर्देशन दिइएको बताइन्।

उनका अनुसार अहिलेको बजेट तत्कालीन विनियोजन भएको बजेटले समस्या समाधान गर्नसक्ने अवस्था नरहन सक्छ।

आपत्कालीन अवस्थामा वार्षिक बजेटबाट छुट्टाइएको सीमाभित्र बसेर काम गर्ने बेला यो होइन। पानीको समस्या आपत्कालीन समस्या रहेको भनेर मधेश प्रदेशले घोषणा पनि गरिसकेको छ। 

खानेपानी मन्त्रालयलाई पनि सहज होस् भनेर बजेटको प्रबन्ध गर्न निर्णय गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट