पार्टी हित विपरीत काम गरेपछि, साह जनमतबाट निष्कासित

  डेटूडे खबर डेस्क
  २२ श्रावण २०८२

                            

काठमाडाैँ । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले उपाध्यक्ष दिपक कुमार साहलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।

बिहीबार पार्टीको केन्द्रीय अनुशासन समितिले पार्टी हित विपरित कार्य गरेको भन्दै सुनसरीका साहलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको हो ।

साहलाई गत चैत १४ गते १४ बुँदे सुधारकाे सुझावसहित ६ महिनाका लागि पार्टीबाट निलम्बन गरिएको थियो । कार्यशैली नसच्चिएपछि उनी पार्टीबाट निष्कासित हुनुपरेकाे हाे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट