सप्तरीमा करेन्ट लागेर १ किसानको मृत्यु
 
                  
                            
                             डेटूडे खबर डेस्क  
                            
                             
                              २३ श्रावण २०८२  
  
                        
                            सप्तरी  । सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–३ कटैयाका ४२ वर्षीय शम्भुकुमार इसर रहेका छन् ।
सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार आज बिहान इसर गाउँ नजिकै धान खेतमा लगाइएको मोटर खोल्ने क्रममा करेन्ट लागेको थियो ।
 इसरको घटनास्थलमै मृत्यु भएको डिएसपी बस्नेतले बताए । घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
                        
                     
                    
                   |
 |  
                            
 
  
                            
                            
                            
                            
                            
                           