लोसपा नेता झाको राजीनामा स्वीकृत

डेटूडे खबर डेस्क
२७ श्रावण २०८२
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता अनिलकुमार झाले पार्टीबाट राजीनामा दिएका छन् ।
वरिष्ठ नेताको पदमा रहेका झाले एक महिना अघि राजीनामा दिएको पार्टी अध्यक्ष महन्थ ठाकुर निकट नेता सुरेन्द्र झाले जानकारी गराए । ती नेताका अनुसार अनिलकुमार झाले पार्टीबाट दिएको राजीनामा स्वीकृत समेत भइसकेको छ ।
लोसपामा निष्क्रिय रहेका झा पार्टी बैठकमा समेत सहभागी हुन छोडेका थिए । लोसपाका नेता रामप्रकाश चौधरीले अनिल कुमार झा पार्टीको बैठकमा सहभागी हुन छाडेको जानकारी दिए ।
झा २०७४ सालको चुनावमा रौतहट क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । झा खानेपानी मन्त्री समेत भए । २०७९ को चुनावमा भने उनी पराजित भएका थिए ।