उत्तराखण्डकाे बाढीमा २६ नेपाली बेपत्ता
 
                  
                            
                             डेटूडे खबर डेस्क  
                            
                             
                              २७ श्रावण २०८२  
  
                        
                            एजेन्सी ।
भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर २६ जना नेपाली सम्पर्कविहीन रहेको भारतस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासले बेपत्ताहरूको सूची सार्वजनिक गर्दै उत्तर काशीमा २१ र पौडी गढवालमा ५ नेपाली बेपत्ता रहेको जानकारी गराएको छ ।
दूतावासले स्थानीय भारतीय अधिकारीहरूसँग समन्वय गरी हराइरहेकाहरूको खोजी कार्यका लागि पहल गरिरहेको विज्ञप्तिमार्फत जनाएको छ ।
यसअघि सोही बाढीमा बेपत्ता भएकामध्ये १३ जना नेपालीलाई सकुस उद्धार गरिएको थियो ।
उत्तरकाशी जिल्लाको धराली बजारमा बाढीले सबैभन्दा बढी क्षति गरेको छ । धराली समुद्री सतहबाट झन्डै ३ हजार १०० मिटरको उचाइमा छ । यो चारधाम यात्रा मार्ग पनि हो ।
यहाँबाट गंगोत्री करिब २० किलोमिटर टाढा छ । त्यसक्षेत्रमा सुदूरपश्चिमका धेरै नेपालीहरू काम गर्नका लागि जाने गरेका छन् ।
                        
                     
                    
                   |
 |  
                            
 
  
                            
                            
                            
                            
                            
                           