प्रेस मञ्च मधेशको दोश्रो अधिबेशन सम्पन्न

डेटूडे खबर डेस्क
१८ भदौ २०८२
जनकपुरधाम । प्रेस मञ्च नेपालको मधेश प्रदेश कार्यसमितिको दोश्रो अधिबेशन सम्पन्न भएको छ । सिरहाको मिर्चैयामा हिजो मंगलबार सम्पन्न अधिबेशनले अभरेन्द्र कुमार यादवको नेतृत्वमा २१ सदस्यीय प्रदेश समिति गठन गरेको हो ।नव गठित समितिको उपाध्यक्षमा रामहृदय यादव (धनुषा), माला कुमारी राय (धनुषा), मुख्य सचिवमा प्रवेश कुमार मिश्र (सप्तरी), सचिवमा नागेन्द्र यादव (महोत्तरी), प्रभा कुमारी यादव (पर्सा) र समावेशी सचिवमा राम पुकार राउत (रौतहट) र सरोज कुमार यादव (सर्लाही) र कोषाध्यक्षमा राजेश कुमार सिंह चयन भएका छन् ।समितिको सदस्यहरुमा उमेश यादव (रौतहट), राजेश प्रसाद यादव (बारा), शितल साह (सिरहा), ओमप्रकाश यादव (सिरहा), विनय कुमार अधिकारी (धनुषा), बह्मान्नद ठाकुर (धनुषा) र मेवालाल यादव (रौतहट) सदस्य पदमा चयन भएका छन् । त्यस्तै, महिला सदस्यमा रश्मी पटेल (रौतहट), आदिवासी जनजाती तर्फ जितेन्द्र सिंह दनुवार (सिरहा) र ज्ञानेश्वर मण्डल (सर्लाही) रहेका छन् भने साविर आलम मुस्लिम सदस्यमा चयन भएका छन् ।