फेरि कारागार फर्किँदैछुः रवि लामिछाने

  डेटूडे खबर डेस्क
  २८ भदौ २०८२

                            

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले फेरि कारागार फर्किने बताएका छन्। शनिवार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू फेरि कारागार फर्किने जानकारी गराए।

 उनले भनेका छन्, 'संयोगले आज मेरो जन्म दिन परेछ र म आफूलाई जन्मदिनको उपहारस्वरूप फेरि कारागारमा पठाउँदैछु। तर उनले पछिल्लो सरकारले आफूमाथि चरम राजनीतिक प्रतिशोध साँधेर आफ्नो जिना हराम गरेको दावी गरेका छन्।

उनले आज देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बनेकी र अब चाहिँ अन्याय हुन्न भन्ने आशासहित कारागार जान लागेको बताए ।

'ममाथि जिल्लैपिच्छे मुद्दा लगाउनुपर्ने थियो कि थिएन, सहकारीको साइनो नभएको मान्छेलाई संगठित अपराध र सम्पत्ति शुद्धिकरणसहितको मुद्दा लगाउनु पर्ने हो कि होइन भन्ने कुरा म नयाँ सरकारको विवेक माथि नै छाड्न चाहन्छु। यति कामना गर्छु कि जसले सबैभन्दा बढी कानुन मान्दछ उसैलाई कमजोर बनाउने र बदनाम गराउने काम हुने छैन', उनले भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट