जेन-जी आन्दोलनमा मृत्यु भएकाहरूलाई शहीद घोषणा,प्रत्येकका परिवारलाई १० लाख राहत दिइने
 
                  
                            
                             डेटूडे खबर डेस्क  
                            
                             
                              २९ भदौ २०८२  
  
                        
                            काठमाडाैँ। अन्तरिम सरकारका प्रधानमन्त्री  सुशीला कार्कीले जेन-जी आन्दोलनमा मृत्यु भएकाहरूलाई शहीद घोषणा गर्ने र प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने पहिलाे निर्णय गरेकी छन्।
 आइतबार पदभार ग्रहण गरेकी उनले यो निर्णयमा हस्ताक्षर गरेकी छन् । 
हालसम्म आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको छ । १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।  
                        
                     
                    
                   |
 |  
                            
 
  
                            
                            
                            
                            
                            
                           