क्षति पुगेका उद्योगी व्यवसायीलाई राज्यले सहयोग गर्ने

डेटूडे खबर डेस्क
२९ भदौ २०८२
काठमाडौँ । जेनजीको आन्दोलनको क्रममा क्षति पुगेका उद्योगी व्यवसायीलाई राज्यले आवश्यक सहयोग गर्ने नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले बताएकी छन् । आइतबार पदभार ग्रहण गर्दै उनले सो बताएकी हुन् ।
जुन आतंकजस्तो व्यक्तिका घरमाथि फैलाइयो, व्यक्तिको सम्पत्तिको, व्यापारीको सम्पत्ति र उद्योगीको सम्पत्ति पनि नास्ने काम भएको छ, कतिपय व्यापारी उठ्न नसक्ने अवस्थामा पुगेका छन्, त्यसलाई राज्यले हेर्नुपर्ने छ, सहुलियत ऋणबाट हुनसक्छ कि’, उनले भनिन् ।
उनले केही व्यापारीले आफू उठ्ने छौँ भन्ने कुराका लागि धन्यवाद समेत व्यक्त गरेकी छन् । ‘केही व्यापारीले हामी उठ्नेछौँ भन्नुभएको छ, त्यसको लागि शुभकामना र धन्यवाद छ, राज्यको तर्फबाट सल्लाह चाहिने हो कि के चाहिने हो त्यो गर्न तयार छौँ’, प्रधानमन्त्री कार्कीले भनिन् ।