बडादशैँको दोस्रो दिन : आज ब्रह्मचारिणीको पूजा आराधना गरिँदै

  डेटूडे खबर डेस्क
  ०७ असोज २०८२

                            

काठमाडौँ । बडादशैँ अर्थात् शारदीय नवरात्रको दोस्रो दिन मंगलबार नवदुर्गामध्येकी ब्रह्मचारिणीको आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक-एक स्वरूपको आराधना परम्परा छ।

 तपस्यामा लीन हुने  भएकाले माता दुर्गाको दोस्रो स्वरूपलाई ब्रह्मचारिणी भनिएको हो। यिनी शान्त र मग्न भएर तपमा लीन भइरहेकी हुन्छिन्। कठोर तपस्याका कारण यिनको मुहार तेजयुक्त छ। 

कमलको आसनमा बसेकी ब्रह्मचारिणीको दाहिने हातमा अक्षमाला र बायाँ हातमा कमण्डलु रहेको छ। यिनलाई योगसाधिकाको रूपमा पनि लिइन्छ। आरोग्य र शान्ति प्राप्तिका लागि यिनको आराधना गरिन्छ।

नवरात्रका अवसरमा यसैगरी महाकाली, महालक्ष्मी र  महासरस्वतीको पूजा आराधना गरिन्छ। नवरात्रका समयमा जमरा राखिएका दशैंघर तथा शक्तिपीठमा पुगेर देवीको आराधना गर्ने परम्परा छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट