सरकारले गर्‍यो तीन सचिवको सरुवा

  डेटूडे खबर डेस्क
  ०७ असोज २०८२

                            

काठमाडौं । सरकारले तीनजना सचिवको सरुवा गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार, गृहसचिव गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ । दुवाडी गतवर्ष भदौ २१ गते गृहसचिव भएका थिए । 

यसैगरी, रक्षा सचिव रामेश्वर दंगाललाई गृह मन्त्रालयमा पठाइएको छ । राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्याललाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट