चितवनमा बस दुर्घटना, ३३ जना घाइते
डेटूडे खबर डेस्क
१४ कार्तिक २०८२
गौरबाट काठमाडौँतर्फ गइरहेको बस भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा आज बिहान दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् । दुर्घटनालगत्तै घाइतेलाई उपचारका लागि चितवनका विभिन्न अस्पताल पठाइएको छ ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइतेको तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पताल पुर्याइएको हो । घाइते सबैको अवस्था सामान्य छ ।
