चितवनमा बस दुर्घटना, ३३ जना घाइते
 
                  
                            
                             डेटूडे खबर डेस्क  
                            
                             
                              १४ कार्तिक २०८२  
  
                        
                            गौरबाट काठमाडौँतर्फ गइरहेको बस भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा आज बिहान दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् ।  दुर्घटनालगत्तै घाइतेलाई उपचारका लागि चितवनका विभिन्न अस्पताल पठाइएको छ ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइतेको तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पताल पुर्याइएको हो । घाइते सबैको अवस्था सामान्य छ ।
                        
                     
                    
                   |
 |  
                            
 
  
                            
                            
                            
                           _1761906109.jpg) 
                            
                           