जेनजीको एजेण्डा स्पष्ट नरहेकाे : मोहनविक्रम सिंह

  डेटूडे खबर डेस्क
  १४ कार्तिक २०८२

                            

काठमाडौँ : कम्युनिष्ट नेता मोहनविक्रम सिंहले जेनजीको कुनै पनि एजेण्डा स्पष्ट नरहेको बताएका छन्।

रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनका क्रममा शुक्रवार उनले यस्तो बताएका छन्।

उनले जेनजीका नाममा अहिले धेरै मागहरू आइरहेको भए पनि कसैले प्रत्यक्ष कार्यकारी भन्ने गरेको र कसैले त्यसको विरोध गरिरहेको बताए। उनले कसैले पूर्ण समानुपातिक भन्ने गरे पनि केहीले त्यसको विरोध गरेको बताए।

जेनजीको एउटै समूह नभएको र मन्त्री, प्रधानमन्त्री बनाउँदासमेत विरोध भएको उनले बताए। जेनजी कुनै संगठित समूह नभै भीड मात्रै भएको टिप्पणी उनले गरे।

उनले तत्काल वाम एकताको अवस्था नरहेको जिकिर गरे। संसदलाई अवैधानिकरुपमा विघटन गरिएको बताउँदै उनले सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्ने विश्वास रहेको बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट