जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक जारी
डेटूडे खबर डेस्क
१६ कार्तिक २०८२
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेकाे छ ।
आइतबारदेखि सुरु बैठकमा समसामयिक राजनीतिक परिस्थिति, निर्वाचन, सङ्गठनात्मक कार्य योजनालगायतका एजेण्डामा छलफल भइरहेको छ ।
बैठक सोमबार भाेली सम्म सञ्चालन हुने जनाइएको छ । जसपा नेपालले कात्तिक १९ र २० गते केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।
