नेपाल र श्रीलंका आज खेल्दै
डेटूडे खबर डेस्क
१९ कार्तिक २०८२
काठमाडौँ । नेपाली टोलीले श्रीलंकामा जारी काभा महिला यु १९ च्याम्पियनसिपमा आज बुधवार घरेलु टोलीको सामना गर्दै छ ।
नेपाल र श्रीलंकाबीचको खेल नेपाली समयअनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ। नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग ३-२ ले पराजित भएको थियो।
कीर्गिस्तान २२-२५,२५-१४,१८-२५,२५-२२,१५-९ विजयी भएको थियो। आज कीर्गिस्तान र माल्दिभ्सबीच पहिलो खेल हुनेछ। श्रीलंकाले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ३-० ले हराएको थियो।
