नेपाल-भारत सीमा बन्द
डेटूडे खबर डेस्क
२० कार्तिक २०८२
नेपालसंग सीमा जोडिएको भारतको बिहार राज्यमा पहिलो चरणको विधानसभा निर्वाचनलाई लिएर आज नेपाल भारत सीमा बन्द गरिएको छ । विधानसभा निर्वाचनलाई लिएर नेपाल–भारत सीमा अन्तर्गत जटही नाका आज बिहान ६ बजे देखि साँझ ६ बजेसम्मका लागि बन्द गरिएको हाे ।
निर्वाचन चलिरहँदा नाकामा सुरक्षामा कडाई गर्न तथा निर्वाचनसम्बन्धी सम्भावित अवाञ्छित गतिविधि रोक्ने लक्ष्यले सीमा बन्द गरिएको भारतीय प्रशासनले जनाएको छ ।
निर्वाचन चलिरहँदा नाकामा सुरक्षामा कडाइ गर्न ध्यानमा राखेर तथा निर्वाचनसम्बन्धी सम्भावित अवाञ्छित गतिविधि रोक्ने लक्ष्यले सीमा बन्द गरिएको भारतीय प्रशासनले जनाएको छ । सडक तथा पैदल यात्रुका लागि बिहान ६ बजे देखि साँझ ६ बजे सम्म नाका बन्द रहने छ ।
