पूर्वमन्त्री आलमको निधनमा आज रौतहटका ४ नगरपालिकामा शोक बिदा
डेटूडे खबर डेस्क
२३ कार्तिक २०८२
रौतहट । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहम्मद आफताब आलमको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै रौतहटका चारवटा नगरपालिकाले आज शोक बिदा दिएका छन्।
राजपुर नगरपालिका, परोहा नगरपालिका, ईशनाथ नगरपालिका र बौधीमाई नगरपालिकाले छुट्टाछुट्टै सूचना प्रकाशित गर्दै आइतबारका दिन नगरपालिकाभरि शोक बिदा दिएको जनाएकाे छन्।
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री आलमको उपचारका क्रममा काठमाडौँ मेडिकल कलेजमा शुक्रबार राति निधन भएको थियो।
