जसपा नेपालका २ नेताले छाडे पार्टी
डेटूडे खबर डेस्क
२३ कार्तिक २०८२
काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका दुई जना नेताले पार्टी छाडेका छन् ।
अध्यक्ष उपेन्द्र यादवले पार्टी छाडेकाहरूलाई फर्किन आह्वान गरेकै बेला लुम्बिनी प्रदेशका दुई नेताले पार्टी छाडेका हुन् ।
तराई/थरुहट राष्ट्रिय समिति लुम्बिनी प्रदेशका अध्यक्ष सुमित्रा चौधरी र लुम्बिनी प्रदेशका कार्यकारिणी समिति सदस्य निरङ्कार यादवले पार्टी छाडेका हुन् ।
