मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड
डेटूडे खबर डेस्क
२४ कार्तिक २०८२
जनकपुरधाम । । मुख्यमन्त्रीको नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड गरिएको छ । मधेशका नेपाली कांग्रेस लगायतका सात दलका नेता तथा कार्यकर्ताले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको कार्यालय तोडफोड गरेका हुन् ।
नवनियुक्त मुख्यमन्त्री सरोज यादवविरुद्ध मधेश दलका नेता कार्यकर्ताहरूले नाराबाजी गर्दै मुख्यमन्त्री कार्यालय, मन्त्रालयमा तालाबन्दी गर्दै प्रदेश प्रमुखको कार्यालय तोडफोड गरेका हुन् ।
