मधेश प्रदेश सरकार गठनविरुद्ध सांसदहरूको धर्ना
डेटूडे खबर डेस्क
२५ कार्तिक २०८२
जनकपुरधाम । । मधेश प्रदेशमा सरकार गठनको प्रक्रियाविरुद्ध सात राजनीतिक दलका सांसदहरूले विरोध प्रदर्शन शुरु गरेका छन्।
नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसहितका सात राजनीतिक दलका सांसदहरूले मधेश प्रदेशसभा भवनअगाडि आज धर्ना दिएका हुन्।
सात राजनीतिक दलहरूले धर्ना प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति प्रक्रियालाई असंवैधानिक ठहर्याउँदै गरेका हुन्। धर्नामा सहभागी सांसदहरूले प्रदेश सरकार गठनको प्रक्रिया संविधानको धारा १६८ को उपधारा ३ विपरीत भएको दाबी गर्दै विरोध गरेका हुन् । त्यस्तै एमालेबाहेकका दलहरूका ७४ जना प्रदेश सांसदहरूको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ।
