मतदाता नामावली दर्ता अवधि थप गर्न प्रदीप पौडेल माग
डेटूडे खबर डेस्क
२७ कार्तिक २०८२
काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले मतदाता नामावली दर्ता अवधि थप गर्न निर्वाचन आयोगसँग माग गरेका छन् ।
धेरै स्थानहरूमा लामो समय कुर्नु परेको तथा काम छिटो छरितो नभएको गुनासो आएको भन्दै पौडेलले कार्तिक मसान्तसम्मको अवधि बढाएर सबै व्यक्ति निर्वाचनमा सहभागी हुनुपर्ने बताए ।
बिहीबार भिडियो वक्तव्य जारी गर्दै पौडेलले भने, ‘नाम दर्ता गर्ने स्थानको सेवा छिटो छरितो छैन । फोटो खिचाउन लामो लाइन बस्दा पनि पालो नआएर फर्कनुपर्ने अवस्था देखिएको छ ।’ दर्ताको समय पनि कात्तिक मसान्तसम्म मात्र रहेकाले अहिलेकै अवस्था रहेमा जेनजी तथा अरू समूहका व्यक्तिहरू समेत छुट्ने सम्भावना देखिएकाले समय थप गर्नु आवश्यक रहेको पौडेलको भनाइ छ ।
