मधेश प्रदेश सभाका २ सांसदमाथि कारबाही प्रक्रिया सुरु
डेटूडे खबर डेस्क
२७ कार्तिक २०८२
जनकपुरधाम । मधेश प्रदेश सभाका दुई सांसदलाई कारबाही प्रक्रिया अघि बढाइएको छ । तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनललाई विश्वासको मत दिने सन्दर्भमा पार्टी ह्विपविरुद्ध उभिएको भन्दै नेकपा माओवादी केन्द्र संसदीय दल, मधेश प्रदेशले आफ्ना दुई सांसदमाथि कारबाही प्रक्रिया अघि बढाएको सो पार्टीका संसदीय दलका नेता भरत साहले जानकारी दिए ।
विश्वासको मतका दिन आह्वान गरिएको प्रदेश सभा बैठकमै पार्टीको ह्विप विपरीत उभिएर विश्वासको मत नदिने घोषणा गरेका प्रदेश सभा सदस्य रहबर अन्सारी र माला कुमारी कर्णलाई माओवादी केन्द्रले कारबाही प्रक्रिया अघि बढाएकाे छ ।
