विवादित मुख्यमन्त्री उपस्थित रहेकाे भन्दै प्रदेश प्रमुखद्वारा आह्वान बैठक ७ दलीय गठबन्धनद्वारा बहिष्कार
डेटूडे खबर डेस्क
२९ कार्तिक २०८२
जनकपुरधाम । मधेश प्रदेश प्रमुखले आह्वान गरेका सर्वदलीय बैठक सात दलीय गठबन्धनले बहिष्कार गरेको छ ।
मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले शनिबार दिउँसो सर्वदलीय बैठक आह्वान गरेका थिए । तर सर्वदलीय बैठकमा विवादित मुख्यमन्त्री सरोजकुमार यादव सहभागी भएकाले अन्य राजनीतिक दलले बैठक बहिष्कार गरेका हुन् ।
