करेन्ट लागेर १ जनाको मृत्यु
डेटूडे खबर डेस्क
२९ कार्तिक २०८२
महोत्तरी । विद्युत् बिस्तारको काम गरिरहेका एक जना कामदारको करेन्ट लागेर मृत्यु भएको छ ।
गौशाला नगरपालिका-९ र १० को भरतपुर र बटुवा बस्तीमा काम गरी रहेका जिल्लाकै सोनमा-३ गोबरैयाका २८ वर्षीय जयकुमार यादवको प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको परिवारजनले बताएका छन् ।
निर्माण कम्पनी टाटा सप्लाईको विद्युत् बिस्तारमा ज्यालादारी कामदार रहेका यादवको विद्युत् लाइन काटिएको सूचनाका आधारमा शुक्रबार तार तान्दै गर्दा विद्युतीय झट्का (करेन्ट) लागेको थियो । यादवलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र गौशाला पुर्याइएकाे थियाे उपचार सम्भव नभएपछि जनकपुर प्रादेशिक अस्पताल लगिएको र चिकित्सकले मृत घोषणा गरेका थिए ।
