महोत्तरीमा छुरा प्रहार गरी वृद्धको हत्या
डेटूडे खबर डेस्क
०२ मंसिर २०८२
जनकपुरधाम । महोत्तरीमा छुरा प्रहार गरी एक वृद्धको हत्या भएको छ । हत्या हुनेमा जलेश्वर नगरपालिका-९ का ६० वर्षीय बेचन राय रहेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी शैलेन्द्र भट्टले जानकारी दिए ।
भट्टका अनुसार सोमबार साँझ जलेश्वर नगरपालिका-९ आगेपुल स्थित वृद्ध रायमाथि एक युवकले छुरा प्रहार गरेका थिए । उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर लग्दा चिकित्सकले मृत घोषणा गरेको थियाे ।
छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले धनुषाको नगराइन नगरपालिका -९ फूलगामाका पप्पु भन्ने २० वर्षीय अनिलकुमार मण्डललाई नियन्त्रणमा लिएका छन् ।
प्रहरीका अनुसार मदिरा र लागुऔषधको नशामा रहेका मण्डलले बाटो हिँड्ने क्रममा विवाद गरी छुरा घाँटीमा प्रहार गरेका थिए ।उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
