तनावपछि बाराको सिमरामा कर्फ्यू आदेश जारी

  डेटूडे खबर डेस्क
  ०३ मंसिर २०८२

                            

बारामा

बारामा कर्फ्यु आदेश जारी गरिएको छ ।नेकपा एमालेका नेता महेश बस्नेतको विरोधमा जेनजीले प्रदर्शन गरेपछि स्थिती नियन्त्रण गर्नका लागि कफ्यू जारी गरिएको  हाे ।

मध्यान्ह १२ः२० बजेदेखि राति ८ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको  प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिए ।

उनका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) र (ख) बमोजिम बाराको जीतपुर सिमरा उपमहानगरपालिका भित्र चार किल्ला क्षेत्र निर्धारण गरेर कर्फ्यु आदेश जारी गरिएको हो ।

गण्डक नहरदेखि पथलैया सडक खण्ड राजमार्गको दायाँ–बायाँ ५ सय मिटरसम्म तथा सिमरा विमानस्थलको वरिपरि ५ सय मिटरसम्म कसैले आवतजावत, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी मिश्रले भनेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट