थपिए ६ लाख ७४ हजार मतदाता
डेटूडे खबर डेस्क
०३ मंसिर २०८२
काठमाडौं । आगामी निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक प्रक्रियामा ६ लाख ७४ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार, मंगलबार (मंसिर २ गते)सम्म ६ लाख ७४ हजार ५०३ जना नयाँ मतदाता थपिएका हुन् ।
देशभर कुल मतदाताको संख्या एक करोड ८८ लाख ४२ हजार ७३३ पुगेको आयोगले जनाएको छ ।
आयोगका अनुसार, ०८२ कात्तिक १६ गतेसम्म १८ वर्ष पूरा भएका मतदाताको संख्या एक करोड ८१ लाख ६८ हजार २३० थियो । मंसिर २ गतेसम्मको अद्यावधिक विवरण अनुसार, जिल्ला निर्वाचन कार्यालयबाट तीन लाख २० हजार ३५५ जना र राष्ट्रिय परिचयपत्र विवरणमार्फत तीन लाख ५४ हजार १४८ जना गरी कुल ६ लाख ७४ हजार ५०३ जना नयाँ मतदाता सूचीकृत भएका हुन् ।
आयोगले देशभर १० हजार ८९२ मतदान स्थल र २२ हजार २२७ मतदान केन्द्र तोकेको छ ।
आयोगले ४५ हजार मतपेटिका आवश्यक पर्नेमा हाल ९० हजार थान मौज्दात छ । यस्तै, मतपत्र लगायतका छपाइका लागि ३०० मेट्रिक टन कागज आवश्यक पर्नेमा ५६६ मेट्रिक टन मौज्दात छ ।
नामावलीमा नाम दर्ताका लागि मंसिर ५ गतेसम्मकाे समय रहेकाे छ ।
