मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त

  डेटूडे खबर डेस्क
  ०३ मंसिर २०८२

                            

जनकपुरधाम ।

मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । सभामुख मण्डलविरुद्धको पद अनुकुल आचरण नगरेको प्रश्ताव दुई तिहाइ बहुमतले पारित भएसँगै पदमुक्त भएका छन ।

आज बुधवार बसेको मधेश प्रदेश सभाको बैठकले सो प्रश्ताव उपर छलफल गर्दै मत विभाजन प्रक्रियामार्फत दुई तिहाइ बहुमतले पारित गरेको हो । 

प्रश्तावको पक्षमा ७६ मत परेको उल्लेख गर्दै उपसभामुख बबिताकुमार राउतले प्रदेश सभा बैठकमा पदमुक्त भएको घोषणा गरेकी हुन् । उनको विपक्षमा भने शून्य मत परेको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट