राम कलेवा विधिसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न
डेटूडे खबर डेस्क
१० मंसिर २०८२
जनकपुरधाम । जनकपुरधाममा सप्तहव्यापी विवाहपञ्चमी सीताराम विवाह महोत्सव सम्पन्न भएकाे छ। रामकलेवा विधि गरेसँगै महोत्सव सम्पन्न भएकाे हाे।
मंगलवार राति भगवान सीतारामकाे विवाह सम्पन्न भएसँगै आज बुधबार बेहुला लगायत भारतबाट आएका विभिन्न साधुसन्त तथा श्रद्धालुलाई व्यञ्जनसहित भोजन र दक्षिणा दिएर यस वर्षको विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ ।
सप्तहव्यापी विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौँथो दिन तिलकोत्सव र पाँचौँ दिन मटकोर विधि गरिन्छ । छैँटौँ दिन स्वयंवर र राति वैवाहिक कार्यक्रम तथा अन्तिम दिन रामकलेवा विधि गरी विवाह महोत्सव सम्पन्न हुन्छ।
