अपाङ्गता भएका व्यक्तिहरुमाथीको विभेद अन्त्य भएको छैनः सञ्चारमन्त्री खरेल

  डेटूडे खबर डेस्क
  १७ मंसिर २०८२

                            

काठमाडाैँ । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अपाङ्गता भएका व्यक्तिहरुमाथिको विभेद अन्त्य नभएको बताएका छन् । अपाङ्गता भएका व्यत्तिहरुको ३४ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज बुधवार आयोजित कार्यक्रममा उनले गणतन्त्रमा पनि अपाङ्गता भएका व्यत्तिहरुमाथिको विभेद अन्त्य हुन नसकेको बताए ।

खरेलले देशमा जनसंख्याको साढे दुई प्रतिशत अपाङ्गता भएका व्यक्तिहरु रहेको  भन्दै तीमध्ये गम्भिर रुपमा अपाङ्गतामा भएका व्यक्तिहरु डेढ लाख जति भएको उनको भनाई छ । गम्भिर अपाङ्गता भएका व्यक्तिहरुको अवस्था नाजुक रहेको उल्लेख गर्दै उनले, उनीहरुलाई राज्यले सहयोग गर्न नसकेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट