कांग्रेस सभापतिको उम्मेदवारी दिने गगन थापाको घोषणा

  डेटूडे खबर डेस्क
  १७ मंसिर २०८२

                            

काठमाडाैँ ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। हिमालय टेलिभिजनसँगको अन्तर्वार्तामा थापाले आफूले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

'म १५ औं महाधिवेशनको सभापतिको उम्मेदवार हो। मलाई के विश्वास छ भने- नेपाली कांग्रेसका बहुसंख्यक साथीहरूले १५ औं महाधिवेशनबाट मलाई यो ऐतिहासिक पार्टी नेतृत्व गर्ने जिम्मेवारी दिनुहुन्छ, विश्वास गर्नुहुन्छ भन्ने मलाई छ’ अन्तर्वार्तामा थापाले भनेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट