मधेसका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण
डेटूडे खबर डेस्क
२१ मंसिर २०८२
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आइतबार पदभार ग्रहण गरेका छन् । पद तथा गोपनीयताको शपथ ग्रहण गरेका मुख्यमन्त्री यादवले मुख्यमन्त्री कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै मुख्यमन्त्री यादवले चाँडै नै मन्त्रीमण्डल विस्तार गर्ने जानकारी दिए । यादवले पहिलो दिनदेखि नै काम गर्ने उद्देश्यका साथ सरकारमा आएको बताउँदै सत्ता घटकका सबै दलबाट प्रतिनिधित्व हुने गरी चाँडै नै मन्त्रीमण्डल विस्तार गर्ने समेत बताए ।
मुख्यमन्त्री यादवले प्रतिपक्षी दलहरूबाट समेत रचनात्मक सहयोग प्राप्त गर्ने अपेक्षा गरेका छन् । उनले सुशासन कायम गर्ने र प्रदेशबाट गर्न सक्ने कार्यहरू छिटो, छरितो गर्ने काममा आफू लाग्ने बताए । उनले मधेस प्रदेशमा अब स्थायित्व कायम हुने बताएका छन्।
