सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढ्यो
डेटूडे खबर डेस्क
०२ पौष २०८२
काठमाण्डौँ । सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेको छ ।
आज सुन सात सय रुपैयाँले बढेर तोलाको दुई लाख ५९ हजार सात सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५९ हजार रुपैयाँ थियो । अस्ति सोमवार सुनको भाउ अहिलेसम्मकै उच्च दुई लाख ६० हजार ६ सय रुपैयाँ पुगेको थियो ।
यस्तै आज चाँदीको भाउ तोलामै एक सय ७० रुपैयाँले बढेको छ । चाँदी एक सय ७० रुपैयाँले बढेर तोलाको चार हजार ५५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको यो भाउ अहिलेसम्मकै उच्च हो । हिजो चाँदीको भाउ तोलाको तीन हजार आठ सय ८५ रुपैयाँ थियो ।
