नेप्सेमा ५.२२ अंकको सुधार, ६ अर्ब ५५ करोडको सेयर कारोबार

  डेटूडे खबर डेस्क
  १७ कार्तिक २०७८

                            

जनकपुरधाम ।  सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ५.२२ अंकले बढेर २ हजार ८ सय ४८.८४ विन्दुमा पुगेको छ ।

अघिल्लो दिनको तुलनामा यो करिब ०.१८ प्रतिशतको वृद्धि हो । अघिल्लो दिनको तुलनामा बुधबार नेप्सेको वृद्धिदर घटेको हो । अघिल्लो दिन करिब २४ अंकले बढेको थियो ।

उक्त दिन ६१ हजार ७ सय ४५ कारोबारबाट २ सय २९ कम्पनीका ९९ लाख ९५ हजार ५ सय २२ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ६ अर्ब ५५ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढी हो ।

मंगलबार बजारमा ६ अर्ब ७ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । उक्त दिन करिब ६० हजार कारोबारबाट २ सय ३० वटा कम्पनीका ९९ लाख ७७ हजार ४ सय ८३ कित्ता सेयर किनबेच भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट