ट्राफिक बत्तीको पालना नगर्नेहरू कारबाहीमा
डेटूडे खबर डेस्क
२१ चैत्र २०८२
काठमाडौं । ट्राफिक नियम कार्यान्वयनमा कडाइ गरिएको छ । ट्राफिक प्रहरीले काठमाडौंमा ट्राफिक लाइट (बत्ती)को पालना नगर्नेहरूलाई धमाधम समातेर कारबाही सुरु गरेको हो ।
शनिबार (चैत २१) बबरमहलमा रहेका दुई ट्राफिक लाइटको पालना नगरी हिँडेका सवारीलाई ट्राफिक प्रहरीले बिजुलीबजारमा रोकेर कारबाही गरेको छ ।
रातो बत्ती बल्दा नरोकीकन सवारीसाधन चलाउनेहरू ट्राफिक प्रहरीको कारबाहीमा पर्ने गरेका हुन् । यसलाई सर्वसाधारण केहीले भने ट्राफिक प्रहरीले दुःख दिने नियत राखेको भन्दै असन्तुष्टि जनाएका छन् भने केहीले प्रशंसा समेत गरेका छन् ।
