आवश्यक परे जोर बिजोर प्रणाली लागू गर्ने तयारीमा सरकार !

  डेटूडे खबर डेस्क
  २४ चैत्र २०८२

                            

काठमाडौँ । पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्यालाई ध्यानमा राख्दै सरकारले आवश्यक परे जोर बिजोर प्रणाली लागू गर्ने तयारी गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आवश्यक परेर सरकारले जोर बिजोर प्रणाली लागू गर्न सक्ने बताएकी हुन् । 

पेट्रोलियम पदार्थको संकटलाई ध्यानमा राख्दै सरकारले हप्ताको दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय गरिसकेको छ । त्यस्तै, उच्च पदस्थ सरकारी पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा पनि भारी कटौती गरिएको छ । 

त्यस्तै, मन्त्री रावलले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको संकट व्यवस्थापनमा सरकारलाई सहयोग गर्न पनि सबैलाई आग्रह समेत गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट